चलचित्र ‘बिहे पास’को ट्रेलर सार्वजनिक

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलर विवाहको प्रसंग वरिपरि घुमेको छ । मुख्य पात्रले विवाहका लागि बोल्ने झुट र सरकारी जागिर खानु पर्ने परिस्थितिको सामना कसरी गर्छ भन्ने ट्रेलरले देखाउन खाजेको छ ।
बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्रका लागि दयाहाङ र प्रकृतिको यो पहिलो सहकार्य हो । प्रकृतिले झन्डै ८ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । प्रवेश पौडेलले निर्देशन गरेको चलचित्रमा दयाहाङ र प्रकृतिसंगै शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल पहारी, सुवाष गजुरेल, हिउँवाला गौतमलगायतका कलाकारहरुको अभिनय छ ।
आकाश बराल र साजन काफ्लेको कथा र पटकथा रहेको चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । चलचित्रमा शिव ढकालको छायांकन, प्रवेश मल्लिकको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ । आरआर फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा रोजन श्रेष्ठको निर्माण र ग्याल्जेन लामा र बालकृष्ण पाख्रिनको सहनिर्माण रहेको छ । चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal