दयाहाङ र प्रकृतिको ‘बिहे पास’ – पोस्टर सार्वजनिक
चलचित्र ‘बिहे पास’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । महाशिबरात्रीको अबसर पारेर सार्वजनिक तीन प्रकारका पोस्टरमा प्रमुख कलाकार–दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ ।
चलचित्र नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने छ । निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ ।
प्रवेश पौडेलको निर्देशन, रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो ।
आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा शिब ढकालको छायाँकन रहेको छ । चलचित्रमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायतका कलाकारको समेत अभिनय छ । डिपी खनालको शब्द रहेको चलचित्रका गीतमा प्रबेश मल्लिकको संगीत, रामजी लामीछानेको कोरियोग्राफी, शैलेन्द्र प्रधानको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
