चलचित्र ‘बिगुल’को शुभ–मुहूर्त

२०८२ बैशाख १७
चलचित्र ‘बिगुल’को शुभ–मुहूर्त

चलचित्र ‘बिगुल’को शुभ–मुहूर्त गरिएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार कोटेश्वर महादेवस्थान मन्दिरमा परेवा उडाएर शुभ–मुहूर्त गरिएको हो । रमेश कोइरालाको निर्देशन रहने चलचित्र मुहूर्त सट अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले दिए । 

म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको चलचित्रमा नरेन र बेनीशाका साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, बिनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारीका साथमा बाल कलाकार श्रेयान्सी थपलियाले अभिनय गर्दै छन् ।

चलचित्रमा दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायाङ्कन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको सङ्गीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । कल्पना पौडेलको प्रस्तुति रहने चलचित्रका निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन् ।