वुवा आमाको सम्झनामा भुवनको ल्याए ‘बाबा आमा’
‘बाबा आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा भुवन लोहनीको शब्द, दिपक शर्माको संगीत र शिव परियारको स्वर रहेको छ ।
गत वर्ष फुलपातिको दिन पाल्पाको रानिमहल नजिकै भएको कार दुर्घटनामा गीतकार भुवनले आफ्ना परिवार नै गुमाएका थिए । जसमा उनका वुवा, आमा, भाउजु र भतिजाको आमाको निधन भएको थियो । सोही पीडालाई उनले गीत मार्फत प्रस्तुत गरेका छन् । आफ्ना बुबा आमाको वार्षिकी पारेर उनले गीत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा सरोज खनाल, सूर्यमाला खनाल, भुवन लोहनी, साईना डंगोल, आशामायाँ डंगोल, संजोग अधिकारी, प्रान्भी अधिकारी, अकलमान डंगोल, सुरेन्द्र डंगोललगायतका कलाकारले अभिनय गरेका छन् । अमेरिका रहेका भुवन गीतकार तथा कलाकार हुन् ।
विशाल घिमिरेले निर्देशन गरेको भिडियोको कार्यकारी निर्माता सौगात बस्नेत हुन् । जसमा नवराज उप्रेतीको छायाँकन, सौगात बस्नेतको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
