‘मिस्टर नेपाली’मा मेरो भुमिका दर्शकका लागि नौलो – भुवन केसी

नायक भुवन केसी लामो समयपछि पर्दामा देखिदैछन् । भुवन अभिनित चलचित्र ‘मिस्टर नेपाली’ कात्तिक २९ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रमा भुवनको दोहोरो भुमिका रहेको छ । भूवन पिता र छोराको भूमिकामा देखिदैछन् । यद्यपी चलचित्रमा उनको क्यारेक्टर नेगेटिभ छ ।
नायक केसी भन्छन्–‘चलचित्रमा म मुख्य नायक होइन । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’ देव भुषालको निर्देशनमा बनेको चलचित्रमा भूवनको साथमा साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेकोछ । साहिल र कुसुमले यसै चलचित्रबाट ठुलो पर्दामा डेव्यु गरेका हुन् ।
चलचित्रमा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने विश्वास गर्दै भूवनले भने–‘यो चलचित्रले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा चलचित्र बनेको छ ।’
चलचित्रमा भूवन, साहिल र कुसुमका अलवा रिमा विश्वकर्मा, रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ ।
देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेको चलचित्रमा निर्देशक भुषालकै लेखन, निरज कँडेलको छायांकन, सुवास भुषाल र दिपक शर्माको संगीत र जीवन थापाको सम्पादन रहेको छ ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi