चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । अध्यक्ष भएका भुवन अभिनेता तथा चलचित्र निर्माता हुन्, उनले एउटा चलचित्रको निर्देशन पनि गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । तर, सरकारले भने आधिकारिक रुपमा केही बताएको छैन ।
असार १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर बोर्ड अध्यक्षका लागि विभिन्न मापदण्ड तोक्दै आवेदन माग गरेको थियो । उक्त आबेदनका आधारमा अन्य ९ प्रतिष्पर्धीलाई पछि पार्दै भुवन दुई वर्षे कार्यकालका लागि अध्यक्ष नियुक्त भएका हुन् ।
नेकपा एमालेमा रहेका केसी बोर्ड अध्यक्षको बार्गेनिङ गरेर केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
Latest Updates
New Releases (Shrawn 20)
-
Ma
Director : Subarna Thapa
Casts : Nirajan Pradhan, Nisha Adhikari, Sabin Shrestha, Rubina Thapa, Naren Khadka
Next Releases (Bhadra 3)
-
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam -
Premganj
Director : Parichhed Sen
Casts : Benisha Hamal, Tej Giri, Sampada Baniya, Supriya Khanal, Simran Khadka -
Micle Adhikari
Director : Ranjeet Rauniyar
Casts : Saugat Malla, Shristi Shrestha, Anny Kunwar, Hemanta Budhathoki, Bidhya Karki