चलचित्र ‘भूठान’को ट्रेलर, भुटान फर्किन चाहने भूटानीको कथा !

चलचित्र ‘भूठानः घर हराएको मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका भुटानी शरणार्थीको कथा देख्न सकिन्छ ।
वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ । चलचित्रले प्रमुख दुई पात्रले अलग–अलग धर्म अपनाउदा मृत्युपछी हुने संस्कारलाई लिएर अन्योल र टसलको स्थिति समेत देखाएको छ ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतले पनि चलचित्रमा अभिनय गरेका छन् ।
विनोद पौडेलको निर्देशन रहेको चलचित्रका निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । यस्तै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् ।
चलचित्रमा सुसन प्रजापतिको छायाँकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी र समवरण केमको संगीत रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal