‘भूठान’ र ‘खेल’ले पाएनन् दर्शकको साथ, शुक्रबारको ब्यापार दयनिय

आजबाट रिलिज भएका चलचित्र ‘भूठान’ र ‘खेल’ दुबैले दर्शकको साथ पाउन सकेनन् । प्रदर्शनको दिनको ब्यापार अत्यन्त निराशाजनक रहेको छ । दुवै चलचित्रको टिकट बुकिङको अवस्था दयनिय देखियो । दुवै चलचित्रका बिहानी शो कति हलमा दर्शक अभावले रद्द नै भए भने शुक्रबार साँझसम्मका थुप्रै शोमा एउटा टिकट समेत बिक्री भएको पाइएन ।
प्रदर्शनपूर्व सम्पन्न प्रिमियरमा दुबै चलचित्रले राम्रो प्रतिक्रिया पाएका कारण देशभरका चलचित्र हलहरुले सुखद् शो उपलब्ध गराएका थिए । शनिबारबाट पिकअप लिनका लागि दुवै चलचित्रको ‘वर्ड अफ माउथ’ उत्कृष्ट हुन जरुरी छ । उत्कृष्ट वर्ड अफ माउथका लागि शुक्रबार हलमा दर्शकको उपस्थित आवश्यक थियो । तर, हलमा सामान्य दर्शक पनि नआएका कारण शनिबारका धेरै शोज कटौती हुन सक्ने सम्झावना बलियो छ । कमजोर प्रचार र गीत तथा ट्रेलरले हाइप बनाउन नसक्दा दुवै चलचित्रले दर्शक आकर्षित गर्न सकेको देखिएन ।
विनोद पौडेलको निर्देशनमा बनेको ‘भूठान’मा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, हलिउडका चर्चित अभिनेता ब्रुस डर्न लगायतको अभिनय छ । यस्तै अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेको ‘खेल’मा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय छ ।
Latest Updates
New Releases (Baishak 26)
-
Jaar
Director : Phurba Tshering Lama
Casts : Geetanjali Thapa, Saugat Malla, Anoop Bikram Shahi -
Unko Sweater
Director : Nabin Chauhan
Casts : Bipin Karki, Miruna Magar, Sunil Pokharel, Maotse Gurung, Wilson Bikram Rai
Next Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal