‘पशुपति प्रसाद २ – भष्मे डन’को ट्रेलर सार्वजनिक

२०८० असोज २२
‘पशुपति प्रसाद २ – भष्मे डन’को ट्रेलर सार्वजनिक

दशैको अवसर पारी कात्तिक ४ गते बाट प्रदर्शन हुने चलचित्र ‘पशुपति प्रसाद २ – भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । आठ वर्ष अघि प्रदर्शन भएको सफल चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेलका रुपमा निर्माण भएको यस चलचित्रमा आफ्नो अस्तित्व र पहिचान स्थापित गर्न खोजेको भष्मे डनकोलाई चुनौति दिन एक पात्रको प्रवेश पछिको घट्नाक्रम प्रस्तुत गरिएको ट्रेलरले संकेत गरेको छ ।

पशुपति आर्यघाट क्षेत्रमा प्रभाव जमाउन कोसिस भष्मे डनको भूमिकामा विपिन कार्की नै छन् भने उनलाई चुनौती दिने पात्रको रुपमा सौगात मल्लले अभिनय गरेका छन् । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दीपेन्द्र के. खनालले ‘पशुपति प्रसाद’को ‘लिगेसी’मा छेडखानी नगरेको दाबी गरेका छन् । 

चलचित्रमा विपिन, सौगात र सौगातका अलवा स्वस्तिमा खड्का रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीलगायतको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको विशेष भूमिका रहेको चलचित्रको एक गीतमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् । चलचित्रका लेखक तथा निर्माता समेत रहेका खगेन्द्रले एउटा सार्थक सिक्वेल बनाउने प्रयास गरेको बताएका छन् ।

चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।