‘पशुपति प्रसाद २ः भष्मे डन’को रफ्तार आइतबार पनि उस्तै
पहिलो दिनमै झन्डै साढे २ करोड ४० लाखको ओपनिङ ब्यापार गरेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ आइतबार पनि सोही रफ्तारमा अघि बढेको छ । दशैंको अवसर पारेर शनिबारबाट प्रदर्शनमा आएको चलचित्रले नेपालमा ८५ प्रतिशत भन्दा बढीको अकुपेन्सी कायम गरेको थियो । आइतबार पनि चलचित्रको अकुपेन्सी यस्तै देखिएको छ । निर्माण कम्पनी टुकी आर्ट्सले पहिलो दिनको ब्यापार सार्वजनिक गरेको हो ।
काठमाडौंका प्रायः मल्टीप्लेक्समा चलचित्र हाउसफुल भएको छ भने मोफसलका हलहरुमा पनि उस्तै क्रेज देखिएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले दशैंको ६ दिन लामो विदामा चलचित्रको ब्यापार उत्साहजनक नै रहने अनुमान गरिएको छ ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ । चलचित्रका लेखक तथा निर्माता खगेन्द्र लामिछाने हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
