शान्तिराम भट्टराईको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक
गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार रेडियो कान्तिपुरको कार्यक्रम ‘सेलेव्रिटी आवर’मा उक्त गीति एल्बम विमोचन गरिएको हो ।
गीतकार संघका पूर्वअध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभले एल्बमको विमोचन गरेका हुन् । उक्त एल्बममा पाँच वटा गीत समावेश छन् । सबै गीतलाई भट्टराईले रचना गरेका हुन् भने संगीत संयोजन मनोहर सुनाम र निरज श्रेष्ठको छ । एल्बमका गीतका संगीतकार शक्ति बल्लभ हुन् ।
गीतहरुमा शिशिर योगी, प्राश्ना शाक्य, सुमित खड्का, रुपक डोटेल, निशान भट्टराई आदि गायक–गायिकाको स्वर रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
