‘भगवत गीता’मा धिरज मगर अनुबन्धित
चलचित्र ‘भगवत गीता’मा अभिनेता धिरज मगर अनुबन्धित भएका छन् । झरना थापाको निर्देशनमा बन्ने चलचित्रमा आइतबार अभिनेता मगर अनुबन्धित भएका हुन् ।
अब चलचित्रमा सुहना थापा र धिरज मगरको अनस्कृन जोडी देख्न पाइने छ । सुनिलकुमार थापाले निर्माण गर्ने चलचित्रको तीन महिना अगाडी औपचारिक घोषणा गरिएको थियो । मिथिलाको प्रांगणमा खिचिएको ‘अनाउन्समेन्ट टिजर’ सँगै चलचित्रका लागि कलाकारहरुको खोजि समेत गरिएको थियो । अझ केही दिन अघि त अभिनेताको लागि अडिसनकल समेत गरिएको थियो ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा संजय लामाको छायांकन, प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ । यसअघि नै २०८० सालको बैशाख १ गतेका लागि चलचित्रको रिलिज तय गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
