Kumari Bank

‘भाँडाकुटी’ खेल्दै बेनिशा र मुकुन

लेन्सनेपाल २०७७ कार्तिक २
‘भाँडाकुटी’ खेल्दै बेनिशा र मुकुन

घटस्थापनाको दिन पारेर शनिवार चलचित्र ‘भाँडाकुटी’ निर्माणको घोषणा गरिएको छ । किरण बिकले निर्देशन गर्ने चलचित्रको छायाँकन आउँदो फागुनबाट शुरु हुनेछ । 

दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा बेनिशा हमाल, मुकुन भुषाल, महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको अभिनय रहने छ । सामाजिक कथामा निर्माण हुने चलचित्रमा निर्देशक बिककै कथा, निशल पौडेलको छायांकन, राज कुमार दर्जीको कोरियोग्राफि, भिम बिकको सम्पादन र गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् ।

चलचित्रलाई कलम खड्काले निर्माण गर्न लागेका हुन् ।