‘बेहुली फ्रम मेघौली’को ओपनिङ ब्यापार उत्साहजनक
चलचित्र ‘बेहुली फ्रम मेघौली’को ओपनिङ ब्यापार उत्साहजनक देखिएको छ । काठमाडौंमा विहान परेको हल्का वर्षाले व्यापार केही शोहरु प्रभावित देखिएपनि ५० प्रतिशत हाराहारीको अकुपेन्सी थियो । मौसम खुल्दै जाँदा दिउँसो भने चलचित्रले थप पिकअप लियो । मध्यान्ह पछिका शोहरुमा ८० प्रतिशत हाराहारीको अकुपेन्सी देखियो । केही शोहरु भने हाउसफूल थिए ।
‘एड्भान्स बुकिङ’ पनि उत्साहजन देखिएको चलचित्रको ‘डोरसेल’ पनि उत्साहजनक छ । देशभर उच्च अकुपेन्सी कायम गरेको चलचित्रको क्रेज काठमाडौं सहित पोखरा, भरतपुर, नेपालगञ्ज, बुटवल, विर्तामोड, इटहरी, धरान, दाङ जस्ता शहरहरूमा पनि देखियो । गीतसंगीतले बनाएको हाइप र प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाले दर्शकहरुलाई हलसम्म तान्न सफल भएको मान्नु पर्छ । चलचित्र वर्ड अफ माउथमा पनि बलियो देखिदा आगामी दिनको यसको ब्यापार थप बढ्न सक्ने छ ।
चलचित्रले देशभरका हलमा ३४० शो पाएको थियो । बिहिबारको व्यापार हेर्दा शुक्रबारबाट रिलिज हुने हलिउड चलचित्र ‘जोकर २’का कारण पनि यसलाई खास असर नहुने संकेत मिलेको छ । बिहिबार दर्शक प्रतिक्रिया बुझ्न अभिनेत्री स्वस्तिमा खड्का बिभिन्न हलमा समेत पुगेकी थिइन । जहाँ उनको क्रेज गज्जबले झल्कीयो ।
सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहेको चलचित्रलाई अभिनेत्री खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा स्वस्तिमा र निश्चलसँगै विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा लगायतको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
