अनमोलको मुख्य भूमिका ‘बाटुलो जून’को शुभमुहूर्त
अनमोल केसीको मुख्य भूमिका रहने चलचित्र ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ । शुक्रबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।
अभिनेता भुवन केसीको निर्देशन रहने चलचित्रको मुहूर्तमा चलचित्रका कलाकार र प्राबिधिकहरु उपस्थित थिए । मुहूर्तसँगै काठमाडौंबाट छायाँकन थालिएको छ ।
भुवनले ९ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको चलचित्र सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने छ । चलचित्रमा अनमोलसँगै नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ । नेन्सी र प्रिन्सीमा अनमोलको जोडी कोसँग बाँधिनेछ भन्नेबारे जानकारी गराइएको छैन । चलचित्रमा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना लगायतको पनि अभिनय रहनेछ ।
‘बाटुलो जून’ ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने निर्देशक भुवनले जनाएका छन् । जीया केसी र भविष्य खड्का निर्माता रहेको चलचित्रको छायांकन काठमाडौंसँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा ४५ दिनसम्म हुनेछ । चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । यसमा छायांकन राजेश श्रेष्ठको रहनेछ । चलचित्रका गीतमा रेनशा वान्तवा राईको कोरियोग्राफी गर्नेछिन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
