युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को गीत
गत पौष २७ गते शनिबार सार्वजनिक गरिएको प्रतिक्षित चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । चलचित्रको यो गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया सहित करिब २२ लाख दर्शकको साथ पाएको हो ।
युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन तर्फको शिर्ष स्थानमा उक्लिएको गीतले हालसम्म ८७ हजार लाइक र तीन हजार ८ सयबढि प्रतिक्रिया पाएको छ । यो गीत म्युजिक सेक्सनमा मात्रै नभई युट्युब ट्रेन्डिङको मुख्य सेक्सन जहाँ लामो समयदेखि सर्टस् भिडियोको अधिपत्य तोड्दै ५ नम्बरमा बसन्तको गीत आइपुगेको छ ।
सार्वजनिक गीतको कमेन्टबक्स हेर्दा चलचित्रप्रति दर्शकको चासो बढ्नुका साथै लोकेसन, कोरियोग्राफी, गायन र चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको प्रशंसामा शब्द खर्चिएको देख्न सकिन्छ ।
गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
गायक तथा अभिनेता प्रकाश सपुतकै लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
