‘महाराजधिराज’मा वर्षा शिवाकोटी अनुबन्धित
चलचित्र ‘महाराजधिराज’मा वर्षा शिवाकोटी अनुबन्धित भएकी छिन । निर्माण टिमले वर्षासँग औपचारिक सम्झौता भएको जानकारी दिएको छ ।
परिच्छेद सेनको निर्देशन रहने चलचित्रमा यस अघि आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र जयकिशन बस्नेत अनुबन्धित भइसकेका छन् । चलचित्रमा कलाकारको लाइनअप बलियो हुँदै आएको देखिन्छ । निर्माणपक्षले चलचित्रमा स्थापित कलाकारको बाहुल्यता रहने संकेत दिएको छ ।
फूलपातीमा प्रदर्शन गरिने जनाइएको चलचित्रमा निर्देशक सेनकै लेखन रहने छ । विराज बिष्ट प्रस्तुतकर्ता रहने चलचित्रका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
