३६ दिनमा सकियो ‘वरिष्ठ बलराम’को छायांकन

२०८१ चैत्र २६
३६ दिनमा सकियो ‘वरिष्ठ बलराम’को छायांकन

चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायाँकन ३६ दिन सकिएको हो ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।

आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्र वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको हो । चलचित्रको निर्माणमा आन्भी फिल्मस् ले सहकार्य गरेको छ । चलचित्रमा निर्देशक पौडेलकै कथा र सम्पादन, महेश दवाडीको लेखन, मानकृष्ण महर्जनको छायाँकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र प्रदीप लामाको कोरियोग्राफी छ ।

सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रले सन्देशसँगै मनोरञ्जन प्रदान गर्ने निर्देशक पौडेलले बताए । आगामी वर्षको लक्ष्मी पूजाकालागि चलचित्रको रिलिज तोकिएको छ ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)