दिपेन्द्रको ‘वरदान’मा नम्रता र दयाहाङ

छोटो चलचित्र ‘वरदान’ निर्माण भएको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई नम्रता श्रेष्ठले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय उठान गरेको चलचित्रमा विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा देखाइएको छ ।
कोसिस नेपालको निर्माण रहेको चलचित्र २० मिनेट लामो छ । चलचित्रमा नम्रता र दयाहाङका अलवा प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ ।
चवलचित्र केही हप्तापछि अनलाइन प्लेटफर्ममा रिलिज हुने जनाइएको छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi