Modibeni
Numbari Sun

‘बन्दी’ बनाउँदै शुशिल, लक्ष्मणले निर्देशन गर्ने

२०८१ आषाढ ४
‘बन्दी’ बनाउँदै शुशिल, लक्ष्मणले निर्देशन गर्ने

निर्माता सुशील पोखरेलले चलचित्र  ‘बन्दी’ निर्माणको घोषणा गरेका छन् । पोखरेलले मंगलबार सामाजिक सञ्जाल मार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्रलाई ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । 

केही महिनापछि छायांकन सुरु गरिने जनाइएको चलचित्रको स्कृप्ट सुशील देवकोटाले लेखिरहेका छन् । चलचित्रले २०६२ सालमा बन्दी भएको एक सिपाहीको कथा भन्ने छ ।

सुशीलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।

Gharjwai