‘बम बहादुर’ कार्तिक ३० मा प्रदर्शन हुने, यस्तो छ पोष्टर
सौगात मल्लको प्रमुख अभिनय रहेको चलचित्र ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ । निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ ।
चलचित्रका निर्देशक जोन राईले यस चलचित्रमा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको बताए । उनले यस चलचित्रले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको कथा प्रस्तुत गर्ने जनाए ।
बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माण रहेको चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय रहेको छ ।
‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको चलचित्रमा सुजोय कुमार घोष ‘मुन्ना’को छायाँकन, ज्ञान गुरुङको सम्पादन र दीपङ्कर सिंह मुखियाको गीत तथा सङ्गीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
