चलचित्र ‘बल्छी धुव्रे’ बन्ने

‘बल्छी धुव्रे’ नामको चलचित्र बन्ने भएको छ । लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको चलचित्रको महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गरिएको छ ।
केदार मल्लको लेखन तथा निर्देशन रहने चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, राम शरण खत्री, राजन श्रेष्ठलगायतका कलाकारको अभिनय रहने जनाइएको छ । चलचित्रमा दिलिप कहरको छायाँकन, विवेक थापा र राजन मर्हजनको नृत्य, शंकर अधिकारी घायलको गीत, पटकथा र सम्वाद र केदार मल्लको संगीत रहने छ ।
हास्यश्रृङ्खला ‘मेरी बास्सै’ मा मरिचमान श्रेष्ठले ‘बल्छी धुर्बे’ को चरित्र निर्वाह गरे पछि यो नाम चर्चामा आएको थियो ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi