सुजल अभिनित ‘बैनी झ्यालैमा’

लेन्सनेपाल २०७६ कार्तिक २५
सुजल अभिनित ‘बैनी झ्यालैमा’

‘बैनी झ्यालैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रकाश दुतराजको स्वर, शब्द र सङ्गीत रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बमको अभिनय रहेको छ ।

प्रकाशकै निर्देशन रहेको भिडियोमा सुजलका साथै श्रद्धा भुसाल, दीप सागर र दोभाषे शिलु शर्माको अभिनय रहेको छ । सुजल बम एभरेस्ट विश्व कृतिमानी तथा मिस एसइई २०१९ कि चौथो रनरअप हुन् ।