‘बहाव’ हेर्ने एक जोडीलाई पाँच दिन थाइल्याण्ड घुम्ने अवसर
चलचित्र ‘बहाव’ले दर्शकलाई आकर्षित गर्न ‘थाइल्यान्ड प्याकेज टुर’को अफर सार्वजनिक गरेको छ । चैत २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रले अघि सारेको योजनामा डिजिटल वालेट खल्ती र एमडी होलिडेजले साथ दिएका छन् ।
अफरमा चलचित्रको टिकट काटेका दर्शकबाट एक लक्की जोडीलाई दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाईसहितको चार रात, पाँच दिनको थाल्यान्ड टुर समावेश रहेको निर्माता श्रीधर पौडेलले जानकारी दिए । पुरस्कार जित्नका लागि चलचित्रको टिकट खल्ती एपमार्फत काट्नुपर्ने भने गोला प्रथाबाट छानिने जोडीलाई थाइल्यान्ड टुरको जिम्मा एमडी होलिडेजले लिएको छ । त्यस्तै, खल्ती एपबाट टिकट काट्दा ‘बहाव’ प्रोमो कोड प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक पाइने छ ।
खल्तीकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले ‘बहाव’को प्रमोसनको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै, एमडी होलिडेजकी प्रमुख प्रतिनिधि विनिता त्वयनाले विजेतालाई उत्कृष्ट सेवा प्रदान गर्ने वाचा गरिन् ।
प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको ‘बहाव’मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट, पवन श्रेष्ठको अभिनय छ । चलचित्रमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइन र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
