एकल महिलाको कथामा ‘बगान’, ट्रेलर सार्वजनिक

२०८० आषाढ २०
एकल महिलाको कथामा ‘बगान’, ट्रेलर सार्वजनिक

चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

अभिनेता सरोज खनालको निर्देशन रहेको चलचित्रको ट्रेलरमा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई देखाइनेछ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको चलचित्रमा उनको छोरीको भूमिकामा प्रमिला कार्कीले अभिनय गरेकी छिन । चलचित्रमा आमा छोरीको मुख्य भूमिका रहेको जनाइएको छ ।

करिश्मा र प्रमिलाका अलवा चलचित्रमा सरोज खनाल, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ ।

स्वप्न नीरवको कथा रहेको चलचित्रमा निर्देशक खनालकै लेखन रहेको छ । चलचिमा उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी,  राजेश शाह र सन्देश शाहको सम्पादन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर र मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ ।

नेपाली वेबसाइट डटकमको ब्यानरमा बनेको चलचित्रका निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । चलचित्र असार २९ गतेदेखि प्रदर्शन हुनेछ।