चलचित्र ‘बगान’ घोषणासँगै गीत रिलीज
अभिनयमा पारंगत मानिने अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । नयाँ र पुराना कलाकारको समिश्रण रहेको फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ ।
सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर भरेका छन् । रोमान्टिक थिमको गीतको भिडियोमा आकाश र प्रमिला फिचर छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको अडियो र भिडियो बलियो बनेको छ । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालको भनाई छ ।
निर्देशक खनालले आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । खनालले भने, ‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु । फिल्म मनोरञ्जनको माध्यम हो । तर, हामीहरू जस्तो मान्छेले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ । फिल्ममा मैले त्यही कोशिश गरेको छु । फिल्म हेरेर हलबाट निस्कँदा एकपटक मान्छेहरू सोच्न बाध्य हुनेछन् ।ु
आफू कलाकार भएकाले अरू कलाकारले पनि आफ्नो जस्तै शैलीमा अभिनय गर्दियोस् भन्ने सोच हुने गरेको भए पनि त्यसबाट टाढै बसेर आफूले फिल्म निर्देशन गरेको खनालको भनाई छ । ‘कलाकार भएपछि निर्देशक भएर कलाकारलाई एक्सन कट गर्दा आफ्नो ढंगबाट अभिनय गर्दियोस् भन्ने हुँदो रहेछ । तर, मैले पहिलो पटक गरेको काममा त्यो कुरा हाबी नहोस् भन्नेमा सक्दो कोशिस गरेको छु । तथापि, कहिलेकाहिँ कलाकार सरोज खनाल हाबी भइहाल्ने रहेछ,’ उनले भने ।
अभिनेता आकाश श्रेष्ठले सरोज खनाल जस्तो कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाई छ । त्यस्तै, नव अभिनेत्री कार्कीले मुर्धन्य कलाकारहरुसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । फिल्मका निर्माता सुरेश वाग्लेले कथावस्तुले मन छोएपछि लगानी गर्न तयार भएको बताए । फिल्मले उठाएको विषयवस्तुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।
फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् । नेपालअघि नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । अभिनयबाट सरोज खनालले दर्शकको जुन विश्वास र माया कमाएका छन्, त्यसैको आधारमा उनी निर्देशित फिल्ममाथि ठूलो अपेक्षा गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
