‘बगान’को प्रिमियर, चलचित्रकर्मीले गरे तारिफ
शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बगान’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ बानेश्वरस्थित वान सिनेमाजमा भएको प्रिमियरमा पत्रकारहरूसँगै कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो ।
चलचित्र हेर्न उपसभामुख इन्दिरा राना, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, शोभित बस्नेत, ऋषि लामिछाने, अभिनेताहरू कृष्ण मल्ल, अशोक शर्मा, रमेश उप्रेती, मुकुन भुषाल, गायकहरू विकास राणा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, गायिका देविका बन्दना, सुनिता दुलाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पूर्व मूख्य सचिव भिम उपाध्याय, लेखकहरु प्रदिप भारद्वाज, विकास सुवेदी, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । चलचित्र हेर्ने अधिकांशले केहि दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिए भने ।
चलचित्र हेरिसकेपछि उपसभामुख इन्दिरा रानाले सबै छोराछोरीले ‘बगान’बाट धेरै कुरा सिक्न सक्ने बताईन् । उनले चलचित्रमा छोरीले आमाको लागी जे गरेकी छन्, त्यहि काम छोराले पनि गर्न सक्यो भने समाज उत्तम हुने बताईन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र मात्र नभई क्रान्ति भएको प्रतिक्रिया दिईन् । यस्तै अभिनेता रमेश उप्रेतीले कम रुने आफुलाइ यो चलचित्रले रुवाएको बताए । गायिकाद्वय देविका बन्दना र सुनिता दुलालले निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर, नवनायिका कार्कीसहित सबै कलाकारको खुलेर तारिफ गरे । उनिहरुले समाजमा एकल आमाले बाँच्न पाउने अधिकार भएको तर निकै चुनौती रहेको बताउँदै चलचित्रले त्यसलाई उजागर गरेकोमा प्रसन्न देखिए । पत्रकार बबिता बस्नेतले नेपाली चलचित्रको क्षेत्रमा ‘बगान’ले फरक धार स्थापित गरेको बताईन् । कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले एकल आमाले कति चाहनाहरुलाई हत्या गर्दै जीवन चलाईरहेको हुन्छ, त्यस्तो होइन हरेक महिलाले खुशी हुन पाउनु पर्छ भन्ने भावना बोकेको जनाईन् ।
निर्देशकद्वय ज्ञानेन्द्र देउजा र नरेश पौडेलले यो चलचित्रले गहन बिषयको उठान गरेको बताए । निर्देशक शोभित बस्नेतले यो चलचित्र पूर्ण पारिवारिक रहेको बताउँदै करिश्मा मानन्धर सुन्दरी नायिका मात्र नभएर पक्का कलाकार पनि हो भन्ने प्रमाणित भएको बताए ।
अभिनेता कृष्ण मल्लले ‘बगान’ले हाम्रो समाजमा परिवर्तनको लहर दिन सफल भएको बताए । अभिनेता तथा निर्माता अशोक शर्माले बिषयवस्तु अत्यन्त मजबुत रहेको प्रतिक्रिया दिँदै दर्शकले हेरेर सार्थक बनाउनुपर्ने जिकिर गरे । निर्देशक दिनेश डिसीले यो चलचित्रले सोच्न बाध्य बनाउने बताए । उनले चलचित्र हेर्दा आफु पटक पटक रोएको बताए । यस्तै लेखक विकास सुवेदीले यस प्रकारको कथामा चलचित्र बन्नु पर्ने जनाए ।
यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरिसकेको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ । चलचित्र शुक्रबारबाट देशभर प्रदर्शनमा आउदै छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
