चितवन, बुटवल र पोखरा पुगे ‘बगान’का कलाकार

असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली चितवन, बुटवल र पोखरा पुगेको छ । अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेत्री करिश्मा मानन्धर, नव अभिनेत्री प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली चलचित्र प्रचारका लागि उक्त शहरमा पुगेको हो ।
नेपाली चलचित्र प्रदर्शन हुने नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भएतापनि समय अभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताए । उपत्यका बाहिर भएका पत्रकार सम्मेलनमा ‘बगान’को बिषयवस्तु र हेर्नुपर्ने कारणहरूबारे चर्चा भएका छन् । पत्रकार भेटघाट कार्यक्रमहरुमा निर्देशक खनालले हरेक घरका महिलाको दुःख, समस्या र त्यसको समाधान सहितको चलचित्र रहेको बताए । अभिनेत्री करिश्मा मानन्धरले ‘बगान’ले नेपाली चलचित्र क्षेत्रमा क्रान्ति गर्ने बताइन् । नव अभिनेत्री प्रमिला कार्कीले खनाल र मानन्धरसँग जोडिएर काम गर्न पाउँदा धेरै सिक्ने अवसर मिलेको र ‘बगान’ आफ्नो लागि विश्वविद्यालय सावित भएको उल्लेख गरिन् ।
काठमाडौँ बाहिरका दर्शक र सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उद्देश्यले प्रदर्शनकै सातामा भ्रमण गरेको निर्माता सुरेश वाग्लेले बताए । उपत्यका बाहिरका पत्रकार भेटघाटमा एकल आमाले निशुल्क हेर्न पाउने बिषयमा पनि चर्चा भएको छ । यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरिसकेको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।
चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi