असार २९ मा शोभित बस्नेतको ‘बद्री बहादुर’

चलचित्र ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमार्फत साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते चलचित्र प्रदर्शन हुने समेत जानकारी दिइएको छ ।
चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ । शोभित बस्नेत निर्देशित चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन् । समीर मिया सह–निर्माता रहेको चलचित्रमा सलोन बस्नेत र पूजा शर्माको विशेष भुमिका रहेको छ ।
चलचित्रमा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता मिथुन भोटे हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal