Mahajatra

‘बाबरी’को गीत ‘बाबरी रंग’ सार्वजनिक

२०७९ जेष्ठ ३१
‘बाबरी’को गीत ‘बाबरी रंग’ सार्वजनिक

चलचित्र ‘बाबरी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत रिलिज गरिएको हो । ‘बाबरी रंग’ बोलको गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीत गायनमा अस्मिता अधिकारीले संगीतमार गुरुङलाई साथ दिएकी छन् । गीतको अडियो तथा भिडियो क्वालिटी उच्च देखिन्छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ ।

गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिए । गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताइन् । मुख्य अभिनेता धिरजले पनि चलचित्रको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफुले ‘बाबरी’मा काम गर्न सहमत भएको बताए ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । चलचित्र आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी  र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सहनिर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेखेका हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।