मुस्लिम समुदायसँग ‘बादशाह जुट’को क्षमायाचना
चलचित्र ‘बादशाह जुट’ टिमले मुस्लिम समुदायसँग क्षमायाचना गरेको छ । समाजमा विभेदकारी जनचेतना प्रदान गर्ने चलचित्र निर्माण गरि मुस्लिम समुदायलाई नै नराम्रो असर पारेको भन्दै नेपाल मुस्लिम संघले आपत्ति जनाए पनि चलचित्रको टिमले क्षमायाचना गरेको हो ।
असोज २५ गते मुस्लिम संघले निर्माण कम्पनी एच एण्ड वि फिल्मस्लाई पत्रचार गर्दै जातिय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातिय हिंसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण हुने खालको ट्रेलर सार्वजनिक गरिएको भन्दै हटाउन माग गरेको थियो । संघले चलचिमा समेत यस्ता दृष्यहरु समावेश भए परिमार्जन गर्न आग्रह समेत गरेको थियो ।
मुस्लिम संघको पत्र पछि राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग भेट गरेको निर्माण पक्षले आवश्यक कुराहरु सच्याउने निर्णयमा निर्माण टिम पुगेको जनाएको छ । निर्माण टिमले सार्वजनिक गरेको प्रेस बिज्ञप्तीमा ट्रेलरमा राखिएको केही दृश्य तथा ध्वनीले मुस्लिम समुदायमाथि अपमान भएको भनि उठेको टिप्पणीलाई गम्भीर रुपमा लिर्दै त्यस्ता दृश्यले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा क्षमायाचना गरिएको छ । बिज्ञप्तीमा भनिएको छ – ‘ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको आवाज र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ।एस।एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माण पक्ष क्षमाप्रार्थी छौं ।’ साथै निर्माण टिमले नेपाल भित्र वा विश्वभर छरिएर रहेका कुनैपनि धर्म संसकृति र परम्परालाई आँच आउने कुनै पनि दृष्य वा सम्बाद नरहेको भनि चलचित्र सेन्सर बोर्डले पीजी सर्टिफिकेट प्रदान गरेको समेत जनाएको छ ।
कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने २ घण्टा ३ मिनेट लामो यो चलचित्रले आफुलाई बादशाह सम्झने दुई युवाको कथालाई देखाएको छ । चलचित्रमा सुशील श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।
मुम्बईमा चलचित्र मेकिङ्ग पढेर आएका जोनी सिंह राणाले निर्देशन गरेको चलचित्रलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । एच एण्ड बि फिल्मस् प्रा. ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, उत्तम हुमागाईको छायांकन, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
