चलचित्र बादशाह जुटको गीत सार्वजनिक

चलचित्र बादशाह जुटको गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । लोक फ्लेवरको काफल पाक्यो बोलको गीतमा नायिका प्रियंका कार्की, सुशिल श्रेष्ठ, आमिर गौतम, रोशी खड्का र केइसा रावतको नृत्य रहेको छ ।
कृष्ण भारद्धाजको संगीत रहेको गीतमा डि. बि. खनालको शब्द तथा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । गीतको कोरियोग्राफी बिक्रम स्वारले गरेका हुन ।
मुम्बईमा चलचित्र मेकिङ्ग पढेर आएका जोनी सिंह राणाले निर्देशन गरेको चलचित्रलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
एच एण्ड बि फिल्मस् प्रा. ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, उत्तम हुमागाईको छायांकन, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।
चलचित्र पौष १३ गतेबाट प्रदर्शन हुनेछ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi