Mansara

‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक

२०७६ कार्तिक ७
‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक

चलचित्र ‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक गरिएको छ । आफुलाई बादशाह ठान्ने दुई युवकको कथा पोस्टरले वर्णन गर्छ । पोस्टरले चलचित्र कमेडी भएको झल्को दिन्छ । टौवा क्रियशनले पोष्टर तयार पारेको हो ।

जोनी सिंह राणाको निर्देशन रहेको चलचित्र एक्सन, कमेडी जनराको हो । चलचित्रमा सुशील श्रेष्ठ र आमिर गौतमको मुख्य भुमिका रहेको छ ।

कार्तिक १५ गते देखि प्रदर्शन हुने चलचित्रमा शुशिल र आमिरका अलवा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि कलाकारमा समेटिएको छ ।

चलचित्रमा अभिषेक शशि कुमारको पटकथा, राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काले सम्पादन र  कृष्ण भारद्वाज र मोहित मुनालको संगीत रहेको छ ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेको चलचित्र एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो ।

Mahajatra