फेरी सर्यो ‘बादशाह जुट’

चलचित्र ‘बादशाह जुट’को रिलिज मिति पुनः हेरफेर गरिएको छ । यसअघि कार्तिक १ का लागि तय गरिएको प्रदर्शन मिति दुई साता पछाडी धकेलिएको छ । अब यो चलचित्र कार्तिक १५ मा प्रदर्शन हुने भएको छ ।
गत सालको पुष १३ गते प्रदर्शन हुने भनिएको चलचित्र बिभिन्न कारणबस आउन नसकेपछि तय गरिएको कार्तिक १ को मितिबाट पनि दुई साता पछि सरेको हो । यता ‘बादशाह जुट’ प्रदर्शन हुने नयाँ मितिमा ‘लभ डायरिज’ पनि रिलिज हुने बताइएको छ । तर, यि दुवै चलचित्रका मुख्य कलाकार शुशिल श्रेष्ठ रहेकोले ‘लभ डायरिज’ उक्त मितिबाट पछि सर्ने बताइएको छ ।
एक्सन जनराको यो चलचित्रलाई जोनी सिंह राणाले निर्देशन गरेका हुन् । निर्देशक राणाकै कथा रहेको चलचित्रमा शुशिल श्रेष्ठ, आमिर गौतम, रोबिन तामाङ, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।
अभिषेक शशि कुमारको लेखन रहेको चलचित्रमा कृष्ण भारद्वाजको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, उत्तम हुमागाईको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।
एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal