प्रतिनिधिसभाको बैठकमा सेन्सरसिपको विषय, कला बुझेका व्यक्तिलाई नियुक्त गर्न सांसद शाहको माग
चलचित्रमा हुने सेन्सरसिपको विषयले प्रतिनिधिसभाको बैठकमा प्रवेश पाएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा चलचित्र निर्देशक असिम शाहले सेन्सरसिपको विषय उठान गरेका हुन् । उनले चलचित्र जाँच समितिमा कला बुझेका व्यक्तिहरूलाई नियुक्त गर्न माग गरेका छन् ।
‘राजागंज’को उदाहरण दिँदै उनले रिलिजको मुखमा अनावश्यक रूपमा चलचित्रमा काँटछाँट गर्ने प्रवृत्ति बढेको भन्दै विरोध जनाए । प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई चलचित्रमा राख्दा सेन्सर बोर्डले आपत्ति जनाएको घटनाको उनले भर्त्सना गरे ।
चलचित्र समाजको ऐना भएको बताउँदै सांसद शाहले चलचित्र मार्फत समाजका मुद्दाहरू उठाउँदा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाएको आरोप लगाए । उनले चलचित्रकर्मीहरूले उठाएको सेन्सरसिपविरुद्धको आन्दोलनमा आफ्नो समर्थन रहने बताए । राजनीतिक नियुक्ति पाएका सेन्सर बोर्डका सदस्यहरूलाई हटाएर कला बुझेका व्यक्तिहरूलाई नियुक्त गर्न उनले सरकारसँग माग गरे ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
