आर्यन र कविताको ‘सायरा’ निर्माणको घोणणा

लेन्सनेपाल २०७९ भाद्र २८
आर्यन र कविताको ‘सायरा’ निर्माणको घोणणा

चलचित्र ‘सायरा’ निर्माणको औपचारिक घोणणा गरएको छ । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको प्रमुख भूमिका रहने चलचित्रलाई विशाल देसाईले निर्देशन गर्नेछन् । चर्चित डान्सर कविताले यसै चलचित्रबाट ठूलो पर्दामा डेब्इु गर्दैछिन भने सुफिया बलियडका केही टेलिचलचित्रमा काम गरेकी अभिनेत्री हुन् ।

चलचित्र निर्माणमा भारतीय निर्माता पुष्कर झा र नेपाली कम्पनीहरु डीबीआर मिडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाले सहकार्य गर्नेछन् । 

रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्मातामा काजीमान आत्रेय तथा निर्मातामा पुष्कर झा छन् । चलचित्रको अष्ट्रिेलिया र नालमा छायाँकन हुनेछ ।