आर्यनले गरे ‘फ्र्याक्चर’बाट हलिउडमा डेब्यु !

‘पुजार सार्की’को सफलतासँगै चम्किएका अभिनेता आर्यन सिग्देलले पहिलोपटक हलिउड चलचित्रमा काम गरेका छन् । आर्यनले चलचित्र ‘फ्र्याक्चर’बाट हलिउडमा डेब्यु गरेका हुन् । पूर्ण रुपमा अङ्ग्रेजी भाषामा तयार भएको चलचित्रलाई अमेरिकी निर्देशक तथा छायाँकार रायन ट्राभिसले निर्देशन गरेका हुन् ।चलचित्रमा आर्यनसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्ट पनि मुख्य भूमिका छन् । उनले ‘हलिउड किल्स’, ‘अन्डर द वेस्टर्न सन’, ‘सिरोनिया’, ‘द रेड’ जस्ता चलचित्रमा काम गरेका छन् ।
७० प्रतिशत छायांकन नेपालमा गरिएको चलचित्रको निर्माणमा संगीतकार सुवास भुसालको कम्पनी किङ्डम नेटवर्कले सहकार्य गरेको छ । यो कम्पनीले यसअघि नेपाली चलचित्र ‘पूजार सार्की’का निर्माण गरेको थियो । काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म छायांकन गरिएको चलचित्रमा नेपाली कलाकारहरु बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायतको पनि अभिनय छ ।
अमेरिकी सैनिक ज्याक स्टेन्टन पात्रको वरिपरि चलचित्रको कथा घुमेको जनाइउको छ । आफ्नो नेपालमा हराएको साथीलाई बचाउनका लागि सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्ने पात्रको कथा चलचित्रमा समावेश छ । मानवीय साहस र सङ्घर्षलाई चलचित्रमा उतारिएको निर्देशक ट्राभिसले जनाएका छन् । उनले यसअघि हलिउड फिल्म ‘गेम थेरापी’ निर्देशन गरेका थिए । उनले एमी पुरस्कार समेत जितेका छन् ।
चलचित्रको विश्वव्यापी रिलिजलाई लिएर अहिले छलफल भइरहेको निर्माता भुसालले बताए । यसमा नेपालबाट मनोज जोशीले प्रोडक्सन कन्ट्रोलरको रुपमा काम गरेका छन् भने विकास सुवेदी लाइन प्रोड्युसर हुन् । क्रिस बेरुटीको लेखन रहेको चलचित्रमा क्रिससहित गर्रेट म्याडिसन र एन्ड्र्यू ह्युज निर्मातामा छन् । नेपाल छायांकन पूरा गरेर चलचित्रको टिम अमेरिका फर्किसकेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal