लक्ष्मणको ‘फनफनी’मा आर्यन
लक्ष्मण सुनारको निर्देशनमा चलचित्र ‘फनफनी’ निर्माण हुने भएको छ । गत बैशाख १ गते रिलिज भएको ‘बुलाकी’पछि उनले दोस्रो चलचित्रको रुपमा ‘फनफनी’ निर्देशन गर्न लागेका हुन् ।
सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् चलचित्रको घोषणा गरिएको हो । चलचित्रको मुख्य भूमिकामा अभिनेता आर्यन अधिकारीलाई अनुबन्धित समेत गरिएको छ । अहिले चलचित्रका लागि अन्य कलाकारको छनोट कार्य चलिरहेको छ ।
कमेडी तथा पारिवारिक कथामा निर्माण हुन लागेको चलचित्रलाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले निर्माण गर्दैछन् । यसअघि उनीहरुले चलचित्र ‘लाखे’को निर्माण गरेका थिए । नेपाल, अष्ट्रेलिया, क्यानडा र भारतमा छायांकन हुने चलचित्रको बजेट २ करोड अनुमान गरिएको छ । तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्देशक सुनार छन् ।
ग्लोबल मिडिया रिसर्च सेन्टरको प्रस्तुतीमा बन्न लागेको चलचित्रको कथा निर्देशक सुनार स्वयंले लेखिरहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
