‘आप्पा’को गीत ‘साँझ परे पछि’ सार्वजनिक
चलचित्र ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साँझ परे पछि’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । गीतमा कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई फिचर्ड गरिएको छ ।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्र गुरुङको डेब्यु निर्देशन हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
चलचित्रमा सिद्धान्त र अल्लोनाका अलवा दयाहाङ राई, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत अभिनय रहेको छ । चलचित्रमा निर्देशक गुरुङको कथा, गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, निर्देशक गुरुङ र शैकात देवको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र आगामी वर्षको जेष्ठ २४ गतेबाट रिलिज हुने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
