‘अन्तिम संस्कार’मा दीया पुन अनुबन्धित
निर्देशक प्रदीप शाहीले निर्देशन गर्न लागेको चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छिन् । निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो ।
विनोद सुवेदी (खत्री)को निर्माण रहने चलचित्रमा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राई आदी कलाकारहरुको अभिनय रहनेछ ।
निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ प्रर्दशनको तयारीमा छ । ‘अन्तिम संस्कार’ अब केही समयपछाडि छांयाकनमा जाने निर्माता सुवेदीले जानकारी दिए । शाही प्रोडक्सन प्रा.लीको व्यानरमा सामाजिक कथामा चलचित्र निर्माण हुन लागेको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
