Mahajatra

अनमोललाई हेर्न २० हजार दर्शक !

२०७५ माघ २८
अनमोललाई हेर्न २० हजार दर्शक !

चलचित्र क्याप्टेनको प्रचारका लागि अभिनेता अनमोल केसी नेपालगञ्जको खजुरा पुगेका छन् । विगतका दिनमा मेला महोत्सवमा नपुग्ने अनमोल यसपटक भने नेपालगन्जमा आयोजित प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सवमा उपस्थित भएका हुन । महोत्सवमा उपस्थित झण्डै २० हजार (आयोजकको दाबी) दर्शकमाझ उनले आफ्नो चलचित्रको प्रचार गरेका छन् ।

महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । झण्डै ४ घण्टा लामो प्रतिक्षा पछि अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए । दर्शकहरुको अत्याधिक उपस्थितिका बिच अनमोललाई नेपाल प्रहरी, सशत्र प्रहरी र निजी कम्पनीका गार्डहरुले कडा सुरक्षा दिएका थिए ।

महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकविच रिलिजको तयारीमा रहेको चलचित्र क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । योसँगै दर्शकमाझ उनले क्याप्टेनको रहर छ सँगै बोलको गीतको डान्सका केही स्टेप देखाएका थिए भने ट्रेलरमा समावेश केही डाइलग बोलेर दर्शकलाई सुनाए ।