भुवन केसी यूग नायक, अनमोल र साम्राज्ञी पपुलर
नायक भूवन केसीलाई यूग नायकको अवार्ड प्रदान गरिएको छ । अमेरिकामा सम्पन्न भएको नेम्पा पपुलर फिल्म अवार्डमा उनलाई यूग नायकको अवार्ड प्रदान गरिएको हो । यस्तै कलाकार सुनिल थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड र गेहेन्द्र धिमाललाई एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
सोही समारोहमा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पपुलर नायक नायिकाको अवार्ड प्रदान गरिएको छ । तर यि दुबै स्टार अवार्ड समारोहमा सहभागी थिएनन् ।
अवार्ड समारोहमा छक्का पन्जा २ लाई पपुलर चलचित्रको अवार्ड प्रदान गरियो । यही चलचित्रबाट दिपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड प्राप्त गरिन । यस्तै केदार घिमिरे र विल्सन बिक्रम राईले पपुलर हाँस्य कलाकारको अवार्ड प्राप्त गरे भने जितु नेपाल र निता ढुङ्गानालाई पपुलर सह अभिनेताको अवार्ड प्रदान गरियो । यता पपुलर गायकगायिकाको अवार्ड अवार्ड सत्य–स्वरुप र अञ्जु पन्तलाई प्रदान गरियो भने पपुलर कोरियोग्राफरको विधामा कविराज गहतराजले अवार्ड प्राप्त गरे ।
अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म आयोजना भएको नेपाली राष्ट्रिय सम्मेलन २०१८ को अवसरमा नेम्पा पपुलर अवार्ड आयोजना गरिएको हो । नेपाल चलचित्र संघका साथै अमेरिका रहेका नेपालीहरुको संगठन एसोसियन अफ नेप्लीज इन मिड वेस्ट अमेरिका, नेप्लीज एसोसिएसन इन साउथेष्ट अमेरिका र नेप्लीज एसोसिएसन इन द अमेरिकाले संयुक्त रुपमा अवार्डको आयोजना गरेको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
