अनमोल अभिनित चलचित्र क्याप्टेन फागुन १७ मा प्रदर्शन हुने
चलचित्र क्याप्टेनको प्रदर्शन मिति तय गरिएको छ । फागुन १७ का लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । यसअघि विभिन्न मितिमा चलचित्र प्रदर्शन हुने भनिएपनि अफिसियल प्रदर्शन मिति भने सार्वजनिक गरिएको थिएन ।
भिएफएक्सका कारण केहि समय लाग्ने र भिएफएक्स गर्ने टिमले त्यो डेटसम्ममा सम्पुर्ण काम सक्ने जानकारी दिएकोले फागुनमा प्रदर्शनको मिति तय गरिएको निर्माता भुवन केसीले जनाएका छन् ।
दीवाकर भट्टराईको निर्देशन रहेको चलचित्रमा अनमोल केसीको मुख्य भुमिका रहेको छ । अनमोल चलचित्रमा फुटबल खेलाडीका रुपमा देखिएका छन् ।
शिव रात्रीको अवसरमा रिलिज हुने चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ । मजोज राठी र उज्ज्वल पौडेलले चलचित्रको वितरण गर्दैछन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal