Mahajatra

व्याचलर बन्टिमा उकुसाले गर्ने भइन अनमोलसँग रोमान्स

२०७५ भाद्र २०

अनमोल केसीले आफ्नो आगामी चलचित्रमा पनि नयाँ नायिकासँग नै रोमान्स गर्ने भएका छन् । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र व्याचलर बन्टिका लागि नयाँ अनुहार उकुसा गिरी फाइनल भएकी हुन ।

उकुसाको कुरा गर्दा उनी चल्तिकी मोडल हुन । उनले केही सौन्दर्य प्रतियोगीता समेत भाग लिएकी थिइन भने थुप्रै र्याम्प शोमा क्याटवाक गरिसकेकी छिन । सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने उक्त चलचित्रका लागि मंगलबार उकुसासँग सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्रलाई चाम्ससँगै मिलेर सुदिप खड्काले निर्माण गर्दैछन् । प्रदिप भारद्वाजको लेखन रहने चलचित्र प्रेमकथामा आधारित हरने जनाइएको छ । फागुन १७ गतेलाई प्रदर्शनको मिति तोकेको चलचित्रको दशै लगतै छायाँकन हुने जनाइएको छ । यूरोपका विभिन्न स्थानमा छायाँकन गर्ने भनिएको यो चलचित्रका अन्य कलाकार भने फाइनल हुन बाँकी नै छ ।