‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक

प्रदर्शनरत् चलचित्र ‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको रहेको छ । गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ ।
गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे । उनले भने, “यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ । अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ । यो निकै ऊर्जाशील गीत हो, यसले राष्ट्र बोकेको छ, खेलाडी बोकेको छ, खेलकुद बोकेको छ । र, यो नेपालको लागि ‘स्पोर्ट्स एन्थम’ हो । एन्फाले नै यो गीतलाई ‘स्पोर्ट्स एन्थम’को लागि पहल गर्नुपर्छ ।”
गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ । नेपालमा सुपरहिट साबित भइसकेको यस चलचित्रलाई हाल नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको छ ।
चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ । एन्जिला आफैँले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । बाल्यकालदेखि लिएर व्यावसायिक खेल जीवनसम्मको उनको सङ्घर्ष र सफलताको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal