दर्शक भेट्न नेपाल आइन एन्जिलाः आजैदेखि हलहरूमा पुग्ने
व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएकी छिन । आफ्नै जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ सुपरहिट बनिरहदा मुख्य कलाकार समेत रही उनी दर्शकसँग साक्षात्कार गर्न नेपाल आएकी हुन् ।
शुक्रबार बिहान काठमाडौं आइपुगेकी उनलाई चलचित्रका निर्देशक मिलन चाम्स र निर्माता प्रेमकुमार श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरे । चार दिनको नेपाल बसाइका क्रममा उनले शुक्रवार काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा दर्शक भेट्न पुग्ने निर्देशक मिलन चाम्सले बताए । शनिवार पनि काठमाडौँ रहने एन्जिला आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्नेछिन् । उनी पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङका हलहरूमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको चाम्सले बताए ।
निर्माता प्रेमकुमार श्रेष्ठले एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्रको लागि रहेको बताए । हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
विमानस्थलबाट बाहिरिने क्रममा एञ्जिलाले दर्शकलाई भेटेर धन्यबाद भन्नकै लागि आफु छोटो समय मिलाएर नेपमल आएको बताइन । चलचित्र हेरेर दर्शकहरु रोएको भिडियो देख्दा आफू पनि भावुक भएको भन्दै उनले भनिन् – ‘चलचित्रलाई दर्शकले दिनुभएको मायाकै कारण म छोटो समय मिलाएर ग्रिसबाट नेपाल आएकी हुँ । चलचित्र राम्रो चलेको देख्दा खुसी लागेको छ ।’
निर्देशक मिलन चाम्सले एन्जिला र उनको आमालाई एकसाथ चलचित्र देखाउने ठूलो इच्छा रहेको बताए । ‘एन्जिलाको ममीले चलचित्र हेर्नुभएको छैन । उहाँ टिकटकमा आएका क्लिप्सहरु हेरेरै रुनुहुन्छ रे । चलचित्र हेर्नै सक्दिनँ भन्नुभएको छ भन्ने सुनेको छु । एन्जिलासँगै उनको ममीलाई पनि चलचित्र देखाउने मेरो इच्छा छ,’ उनले भने ।
चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, सुमीन गुरुङ लगायतको अभिनय छ । चलचित्रको आम्दानीबाट एञ्जिलालाई काठमाडौंमा घर बनाउने निर्माताको तयारी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
