बिदेश प्रिमियर पछि धरानमा चलचित्र 'अञ्जिला'को प्रिमियर

फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र 'अञ्जिला'को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्रको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा गरिएको प्रिमियरले चलचित्रप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ ।
प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, चलचित्रकी मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन् । तर, कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगरको उपस्थिति भने उल्लेखनीय थियो । यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।
चलचित्र हेरेपछि दर्शकहरू भावुक बनेका थिए । चलचित्र हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे । विशेष गरी एन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ ।दर्शकले चलचित्रको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । युवा दर्शकहरूले चलचित्र हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । चलचित्रकी बाल कलाकार नमिक्षा मगरले एन्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् ।
दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित देखियो । निर्माता श्रेष्ठले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए भने निर्देशक चाम्सले दर्शकहरू रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए । चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू 'ब्लाइन्ड रक्स' र 'बोबी' निर्देशन गरेका थिए ।
चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह-निर्माता हुन् ।
Latest Updates
-
-
-
-
यो वर्ष सर्वाधिक हेरिएको तीज गीत बन्यो ‘कोशेढुङ्गा’को ‘नत्र भने जीन्दगी ब्यर्थ छ’
-
तेस्रो पटक ‘कन्यादान’ नाममा चलचित्र बन्दै, सुबेदीले निर्देशन गर्ने
-
आफ्ना चलचित्रको १० करोड ब्यापार बारे अनमोल – जुन दिन देखिएला त्यही दिन सेलिब्रेट गरौला
New Releases (Bhadra 6)
-
Magne Raja
Director : Rishi Lamichhane
Casts : Kedar Ghimire, Barsha Shiwakoti, Wilson Bikram Rai, Shishir Bangdel, Sharada Giri -
Janai Harayeko Manchhe
Director : Himal Neupane
Casts : Bijay Baral, Keki Adhikari, Miruna Magar, Gaurav Pahari, Bholaraj Sapkota
Next Releases (Bhadra 12)
-
Koshedhunga
Director : Saroj Poudel
Casts : Surakshya Panta, Aaryan Sigdel, Prabin Khatiwada, Reecha Sharma, Niti Shah