‘अञ्जिला’को १३ दिने कमाई, ८ करोड ७० लाख

चलचित्र ‘अञ्जिला’ले १३ दिनको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले १३ दिन सम्म आइपुग्दा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी निर्माण टिमको छ । वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मंगलवारसम्म देशभरका हलबाट प्राप्त रिपोर्टका आधारमा दिइएको हो ।
निर्माता प्रेमकुमार श्रेष्ठले दोस्रो हप्ताको कलेक्सन पनि पहिलो हप्ता अनुसार अपेक्षाकृत रहेको जनाए । उनले भने, ‘चलचित्रले हामीले सोचेजस्तै राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौं ।’
निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरेका छन् । ‘नेपाली दर्शकले राम्रो चलचित्र रुचाउने प्रवृत्ति फेरि प्रमाणित भएको छ । कथा, प्रस्तुतीकरण र कलाकारको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ । आगामी दिनमा अझ राम्रो हुने आशा छ,’ निर्देशक चाम्सले भने ।
‘अञ्जिला’ विश्वभरका १६ देशमा पनि एकसाथ प्रदर्शनमा आउँदै छ । नेपालको प्रतिक्रिया हेरी ओभरसिज वितरकले चलचित्रको माग गरेको निर्देशक चाम्सले बताए ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा चलचित्रको कथा आधारित छ । जसमा एन्जिला आफैँले मुख्य भूमिकामा अभिनय गरेकी छन् । यस्तै चलचित्रमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal