कलाकार, प्राबिधिक र प्रर्दशकलाई सम्मान गर्दै साटियो ‘अञ्जिला’को सफलता
कलाकार, प्राबिधिक र प्रर्दशकलाई सम्मान गर्दै चलचित्र ‘अञ्जिला’को सफलता साटिएको छ । प्रदर्शनको ५१ औँ दिन सेलिब्रेसन गर्ने क्रममा निर्माण पक्षले चलचित्रमा आवद्ध कलाकार र प्राबिधकका साथै जून–जून हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ ति सबै हललाई सम्मान अर्पण गरेको हो । चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तकहरू सफलताको हकदार भएको बताए ।
शुक्रवार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा चलचित्रको ५१ दिनको खुसी साटीएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिए । यस्तै, चलचित्रका गायक तथा सङ्गीतकार थानेश्वर गौतमले पनि ‘अञ्जिला’को चर्चित गीत ‘रात किन हुन्छ’ प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत सशस्त्र प्रहरी बलका विभिन्न ओहदाका पदाधिकारीहरू, पत्रकारहरू, हल सञ्चालक तथा व्यवस्थापकहरू र अन्य शुभचिन्तकहरूको उपस्थिति थियो ।
गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले देशभरका ४५ शोहरूसहित ५१ दिन मनाएको हो । चलचित्रले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक चाम्सले जानकारी दिए । उनले नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक चलचित्र बनेको जिकिर गरे ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
