चौथो हप्तामा ‘अञ्जिला’लाई करिब १४० शो, बढ्दो ब्यापार

चलचित्र ‘अञ्जिला’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । माउथ पब्लिसिटी अब्बल हुँदा त्यसको प्रभाव चलचित्रले ब्यापारमा सकारात्मक देखिएको छ ।
पछिल्लो साता चलचित्रकी मुख्य कलाकार तथा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफै देशका बिभिन्न शहरहरुमा पुगेर दर्शकसँग साक्षात्कार समेत गरेकी थिइन । एन्जिलाको हल भिजिटले चलचित्र प्रति दर्शकको क्रेजि थप बढाएको छ । फागुन २९ गते फागु पूर्णिमाको दिन रिलिज भएको चलचित्रले चौथो हप्ताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो ।
चलचित्रमा कप्तान एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको प्रचारलाई थप बलियो बनाउन सुब्बाले काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका स्थानमा उनले दर्शकसँग भेटघाट गर्दै ‘अञ्जिला’ हेर्न आमन्त्रण गरिरहेकी छिन् । एन्जिला गत शुक्रवार ग्रिसबाट नेपाल आएकी थिइन् । उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्रको लागि हो । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal